Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

दैनिकी न्यूज

८, फाल्गुण २०७९
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
images

काठमाडौं । स्याङजा, मोरङ, कैलाली र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

स्याङजा, वालिङ नगरपालिका-६ आम्डालीस्थित सडकमा ग.१ त ६८८६ नम्बरो ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्याक्टर चालक चापाकोट नगरपालिका-२ धुर्कोट बस्ने ३२ वर्षीय नविन सुनार र सह-चालक वालिङ नगरपालिका-८ मिर्दि बस्ने १४ वर्षीय सोविन विक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चालकको प्राथामिक स्वास्थ्य केन्द्र वालिङ स्याङजातर्फ लैजाने क्रममा बाटोमै र सहचालको गण्डकी कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-४ स्थित सडकमा लु.१८ प ५४५६ नम्बरको मोटरसाइकल र प्र.१-०२-०४२ प ६०४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा लु.१८ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय प्रकाश महतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार प्र.१-०२-०४२ प ६०४९ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली, जानकी गाउँपालिका-४ मुनुवास्थित सडकमा से.६ प ६२८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री जानकी गाउँपालिका-४ मुनुवा बस्ने ७१ वर्षीय ठग्न कठरियाको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-५ स्थित सडकमा प्र.१-०२-०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक सुन्दरहरैचा
नगरपालिका-५ बस्ने ५० वर्षीय चक्र बहादुर श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७९ सोमवार - १२:०६:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology