Logo

शनिवार, आश्विन २४ गते २०८३

images

धर्मरायो सत्ता गठबन्धन, एमाले–माओवादी दुरी बढ्यो

धर्मरायो सत्ता गठबन्धन, एमाले–माओवादी दुरी बढ्यो

दैनिकी न्यूज

४, फाल्गुण २०७९
धर्मरायो सत्ता गठबन्धन, एमाले–माओवादी दुरी बढ्यो
images

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ । राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तोकिएको छ भने उम्मेदवारी दर्ता अबको नौ दिनपछि अर्थात् १३ फागुनमा हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका जिम्मेवार नेताले राष्ट्रपतिमा सहमतिको खोजी गरिने अभिव्यक्ति दिँदै गर्दा वर्तमान सत्ता गठबन्धनको आयु छोटिने संकेतहरू देखा पर्दै गएको हो ।

राष्ट्रपतिमा सहमतिबाटै साझा व्यक्तिको खोजीको विषय चर्चामा आउँदै गर्दा सत्तारूढमध्येको एक घटक नेकपा एमाले माओवादी केन्द्रसँग सशंकित छ । एमालेले सत्ताको नेतृत्व गर्न प्रधानमन्त्रीमा प्रचण्डलाई मुख्य साथ दिएको थियो भने वर्तमान सत्ता गठबन्धन १० पुसमा बनेको थियो ।

त्यसबखत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा माओवादीले एमालेलाई सघाउने समझदारी भएको एमाले नेताहरूको दाबी छ ।

माओवादी केन्द्रका नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएर सत्ताबाट बाहिरिएपछि एमाले र माओवादी केन्द्रबीचको दूरी झनै बढेको छ । सुदूरपश्चिम प्रदेश सरकार जोगाउन प्रधानमन्त्री प्रचण्डले भूमिका नखेलेको भन्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट रहँदै आएका छन् ।

सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेर कांग्रेसले सत्ताको नेतृत्व लिएपछि त्यसको असर राष्ट्रपति निर्वाचनमा पर्न सक्ने भन्दै एमाले माओवादी केन्द्रसँग झनै सचेत र सशंकित देखिएको हो । मुख्यतः सोही कारण ती दलका नेताहरूकै सत्ता समीकरण बदलिने अनुमान छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष ओलीले आफैं मंगलबार अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै वर्तमान सत्ता समीकरणमाथि आशंका व्यक्त गरेका थिए ।

‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं, यो सफलताको कुरा हो,’ ओलीले सम्बोधनका क्रममा भने, ‘तर कथम्कदाचित यो स्थिति फेरियो भने यो संसद्को बनावट नै अस्थिरताको कारक हुनेछ ।’ आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण ४, २०७९ बिहिवार - ०७:१५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology