Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट

कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट

दैनिकी न्यूज

४, फाल्गुण २०७९
कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट
images

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परी सांसद् भण्डारी र उनकी आमा घाइते भएका छन्।

बुद्धनगरस्थित निवासमा बुधबार राति करिब १० बजेतिर ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको हो।

अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ। सांसद् भण्डारीको अवस्था खतरामुक्त रहेको बताइएको छ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७९ बिहिवार - ०७:०८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology