Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न तीन जना पक्राउ

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न तीन जना पक्राउ

दैनिकी न्यूज

३, फाल्गुण २०७९
नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
images

काठमाडौं । लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१ घर भई ललितपुर नखिपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ, नुवाकोट लिखु गाउँपालिका–४ घर भई काठमाडौं टोखा बस्ने ३८ वर्षीय अनिल राई र नुवाकोट लिखु गाउँपालिका–४ घर भई काठमाडौं तारकेश्वर बस्ने ३६ वर्षीय राजन तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये कञ्चन गुरुङलाई माघ २९ गते काठमाडौं रामशाहपथबाट तथा अनिल राईलाई सामाखुशीबाट र राजन तामाङलाई बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरेको हो ।

कञ्चनले आफ्नो फोटो, अर्कै व्यक्तिको सक्कली सवारी चालक अनुमतिपत्र र ५ हजार रूपैयाँ अनिललाई दिएकोमा अनिलले उक्त फोटो, कागजात र ३ हजार ५ सय रूपैयाँ राजनलाई दिएको र राजनले उक्त सवारी चालक अनुमतिपत्रमा कञ्चनको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाई दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

यसअघि लिखत सम्बन्धि कसूरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट पक्राउ भई मुद्दा चलेका राजनेले अन्य व्यक्तिलाई समेत नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको खुल्न आएको छ ।

उनीहरू उपर लिखत सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - १८:४९:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology