ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ४ धुसलधारा, पानी ट्याङकी स्थित बा.४ ख ८४३९ नं को भांडाको बसले बा. ७० प ५८८ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक गोदावरी नगरपालिका–३ बस्ने २५ वर्षीया उमा सिलवालको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस र चालकलाई वृत्त सातदोबाटोले प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।