Logo

शनिवार, आश्विन २४ गते २०८३

images

जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको यो व्यवस्थामा समाजवाद स्थापना गर्न चाहन्छौं – मुख्यमन्त्री जम्कटेल

जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको यो व्यवस्थामा समाजवाद स्थापना गर्न चाहन्छौं – मुख्यमन्त्री जम्कटेल

दैनिकी न्यूज

१, फाल्गुण २०७९
जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको यो व्यवस्थामा समाजवाद स्थापना गर्न चाहन्छौं – मुख्यमन्त्री जम्कटेल
images

धादिङ । जनयुद्धले स्थापित गरेको गणतान्त्रिक मुलुक समाजवादको बाटो मा जाँदै गरेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले बताएका छन् ।

२८ औं जनयुद्ध दिवश मनाउन धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ स्थित जनयुद्धका सहिद बैकुण्ठ रेग्मी (रोशन) को शालिकमा माल्यार्पण सँगै भएको कोण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कटेलले भने ‘जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको यो व्यवस्थामा समाजवाद स्थापना गर्न चाहन्छौं ।' कार्यक्रममा सहिद तथा बेपत्ता परिवारप्रति सम्मान व्यक्त गरे ।

330670138_574145891043545_6062708434316633405_n.jpg

नेकपा (माओवादी केन्द्र) ले आज विभिन्न कार्यक्रम गर्दै २८ औँ जनयुद्ध दिवस मनाउँदै छ ।

१० वर्षसम्म चलेको माओवादी जनयुद्ध २०५२ साल फागुन १ गते सुरु भएको थियो । सोही दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।

जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको यो पहिलोपटक हो ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - ०९:०७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology