Logo

शनिवार, आश्विन २४ गते २०८३

images

चितवन २ मा बैशाख १० गते उपनिर्वाचन

चितवन २ मा बैशाख १० गते उपनिर्वाचन

दैनिकी न्यूज

२९, माघ २०७९
चितवन २ मा बैशाख १० गते उपनिर्वाचन
images

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सो क्षेत्र गत मंसिरमा सम्पन निर्वाचनमा राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा) का रवि लामिछानेले जितेको क्षेत्र हो । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

यस अघि रवि लामिछानेसँग नेकपा एमालेका कृष्ण भक्त पोखरेल, कांग्रेसबाट उमेश श्रेष्ठ प्रतिस्पर्धामा थिए ।

अहिलेको सत्ता समिकरण भने फरक छ । अहिले रास्वपाले एमाले माओवादी गठबन्धनलाई समर्थन गरेको कारण पनि रवि लामिछानेलाई एमालेले समर्थन गर्ने संकेत दिएको छ ।

त्यस क्षेत्रबाट रवि लामिछानेले ४९ हजार २६४ मत ल्याएर विजयी भएका थिए ।

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - १८:४५:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology