Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राष्ट्रपति निर्वाचनः प्रचण्ड र ओलीबीच ‘भनाभन’

राष्ट्रपति निर्वाचनः प्रचण्ड र ओलीबीच ‘भनाभन’

दैनिकी न्यूज

२८, माघ २०७९
राष्ट्रपति निर्वाचनः प्रचण्ड र ओलीबीच ‘भनाभन’
images

काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । शीर्ष नेताबीच दिनहुँ ‘सामूहिक’ एवं ‘वान टु वान’ छलफल बढ्दै गइरहेको भए पनि सहमतिको मिलनबिन्दु भेटिएको छैन् ।

सत्तारूढका साथै प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल चलिरहेको छ । सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा शुक्रबार राष्ट्रपति निर्वाचन छलफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रपति निर्वाचन खास छलफल गर्नुपर्ने विषय केही नभएको प्रतिक्रिया दिए । बैठकमा सरकारको कामको समीक्षा गर्दै अगामी दिनमा सरकारका काम थप प्रभावकारी कसरी बनाउने छलफल भएको उनले बताए ।

‘राष्ट्रपति चुनाव छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि,’ लिङदेनले भने, ‘अहिलेसम्म सरकारले गरेका काम समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो ।’

लिङ्देनले भनेजस्तै राष्ट्रपति निर्वाचन थप छलफल गर्नुपर्ने आवश्यक छैन । सरकार गठन गर्नुभन्दा अघि सत्तारूढ दलबीच भएको सहमतिअनुसार माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुखसहितका पदमा भागबन्डा भइसकेको छ । यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

images
प्रकाशित मिति :माघ २८, २०७९ शनिवार - ०८:३४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology