Logo

शनिवार, आश्विन २४ गते २०८३

images

जनयुद्ध दिवसको अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा

जनयुद्ध दिवसको अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा

दैनिकी न्यूज

२७, माघ २०७९
जनयुद्ध दिवसको अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा
images

हेटौँडा । बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा हुने भएको छ।

बागमती प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेशका अर्थमन्त्री तथा सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए।

अघिल्लो कार्यकालका सरकारले जनयुद्ध दिवसमा बिदा दिएको थिएन। हाल प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ।

माओवादीको नेतृत्वमा सरकार बनेको बेला पहिलो पटक जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिन लागेको हो।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको थियो।

images
प्रकाशित मिति :माघ २७, २०७९ शुक्रवार - ०८:०६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology