Logo

शनिवार, आश्विन २४ गते २०८३

images

स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ठगी गर्ने पक्राउ

स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ठगी गर्ने पक्राउ

दैनिकी न्यूज

२५, माघ २०७९
स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ठगी गर्ने पक्राउ
images

काठमाडौं । वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ३९ वर्षीया मधु माया थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि स्लोभाकियाको प्रतिष्ठित कम्पनीमा पठाईदिन्छु भन्दै पीडितहरूबाट पटकपटक गरी उक्त नगद ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको छ ।

images
प्रकाशित मिति :माघ २५, २०७९ बुधवार - १९:५०:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology