Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

दैनिकी न्यूज

२३, माघ २०७९
मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
images

काठमाडौं । आज बिहानैदेखि तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। बाक्लो हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

त्यस्तै अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। जसका कारणा उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

२०७९ माघ २३ गते (सोमबार)

दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

रातीː  देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

२०७९ माघ २४ गते (मंगलबार)

दिउँसोː  देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ माघ २५ गते (बुधबार)

दिउँसोː  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours):

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्नेहुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

images
प्रकाशित मिति :माघ २३, २०७९ सोमवार - ०७:३५:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology