Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यूएईमा नेपालीले जिते ८२ करोडको चिट्ठा

यूएईमा नेपालीले जिते ८२ करोडको चिट्ठा

दैनिकी न्यूज

२२, माघ २०७९
यूएईमा नेपालीले जिते ८२ करोडको चिट्ठा
images

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई) मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए ।

उनले भने, “चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइभ हेर्दै थिएँ । ग्राहक आएपछि काममा लागेँ । काम सकिएपछि फेरि भिडियो हेर्दा थाहा भयो, २३ मिलियन दिरामको पुरस्कार मैले जितेछु।”

मध्यमवर्गीय परिवारका पालले यो पुरस्कार जित्दा खुसी भएको बताउँदै अहिले गर्दै आएको कामलाई निरन्तरता दिने प्रस्ट्याए । उनले भने, “म कतार आएको सात वर्ष भयो। पहिले हिमाल रेमिटको प्रतिनिधिको जिम्मेवारीमा थिएँ। केही समययता म इस्टर्न मनी एक्सचेन्ज सनैयामा कार्यरत छु। काम छोड्ने कुनै योजना छैन।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :माघ २२, २०७९ आइतवार - ०६:५९:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology