Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय संचालन गर्ने

बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय संचालन गर्ने

दैनिकी न्यूज

२०, माघ २०७९
बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय संचालन गर्ने
images

दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले प्रदेश सरकारले छिट्टै १३ जिल्लामा एकीकृत सेवा कार्यालयको स्थापना गर्ने बताएका छन् ।

दोलखा जिल्लाका जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कटेलले एकीकृत सेवा कार्यालय स्थापना गरि संचालन गर्न लागेको जानकारी दिएका हुन् ।

प्रदेश सरकारको कार्यालय सबै जिल्लामा सेवा कार्यालय नहुँदा जनताले सास्ती पाएका छन् । हरेक जिल्लामा प्रदेश सरकारको सबै मन्त्रालयबाट हुने काम जिल्लामा एकीकृत सेवा कार्यालय मार्फत संचालन गर्ने तयारी सरकारले गरेको हो ।

मन्त्रालयको सेवा लिन प्रदेशवासीलाई हेटौंडा धाउन नपरोस् भन्ने उद्देश्यले जिल्लामै कार्यालय खोल्ने विषयमा सरकारले छलफल गरिरहेको छ । यद्यपि यसको विषयमा सरकारले निर्णय भने अब बस्ने मन्त्री परिषद्को बैठकले गर्ने मुख्यमन्त्री जम्कटेलले बताए ।

सरकारले यसलाई एउटा विकल्पको रूपमा लिएको छ। जिल्लामा एकीकृत सेवा कार्यालय स्थापना हुँदा नागरिकले आफ्नै ठाउँमा सेवा लिन सक्छन्।

images
प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - ०६:५६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology