सिरहा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा नगरपालिका वडा नं. २२ बस्ने २४ वर्षीय संतोष यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सिरहा नगरपालिका–७ स्थित एक घरमा संतोष यादव र हाल वतन नखुलेका २३ वर्षीय सरोज कुमार यादवले ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूमध्ये संतोष यादवलाई पक्राउ गरेको हो ।
हाल फरार सरोज कुमार यादवको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।