Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सर्तसहित क्रसर सञ्चालन गर्न दिने सरकारको निर्णय

सर्तसहित क्रसर सञ्चालन गर्न दिने सरकारको निर्णय

दैनिकी न्यूज

११, माघ २०७९
सर्तसहित क्रसर सञ्चालन गर्न दिने सरकारको निर्णय
images

काठमाडौं । सरकारले कर नतिरी सञ्चालनमा रहेका क्रसरहरूलाई असार मसान्तसम्म तिर्ने सर्तमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघि दर्ता नभई चलेका क्रसर भने सदाकै लागि बन्द गर्ने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए ।

बैठकले क्रसर उद्योग सञ्चालनमा नआए विकास निर्माणमा प्रभाव पर्ने भन्दै अवैधलाई बन्द गर्ने तर दर्ता भएर पनि कर नतिरेका छन् भने सर्तसहित संचालन गर्न दिने निर्णय गरेको ती मन्त्रीले बताए ।

विकास निर्माणका काममा ढुंगा, गिट्टी र बालुवाको अभावले समस्या देखिन थालेको विषय मन्त्रिपरिषद्‌मा उठेको थियो ।

सरकारले क्रसर उद्योगसँग सम्बन्धित कानुन बनाउने गरी तयारी गर्ने पनि निर्णय लिएको ती मन्त्रीले जानकारी दिए । अहिले कर नतिरी संचालनमा रहेका क्रसर उद्योगहरूलाई असार मसान्तसम्म कर तिर्ने अवधि दिएर त्यसपछि नयाँ कानुनअनुसार संचालन गर्न दिने निर्णय भएको हो ।

गृह मन्त्रालयले पौष २० गते अबैध रुपमा सञ्चालिन, नविकरण नभएका र आयोजना विशेषका तर आयोजना सम्पन्न भएर पनि चलेका क्रसर उद्योगहरु बन्द गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । सोही पत्रका आधारमा स्थानीय प्रशासनले हालसम्म आठ सय बढी क्रसर उद्योगहरु बन्द गरिसकेको जनाएको छ ।

images
प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - २०:३७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology