Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उम्मेदवारी दर्ता

दैनिकी न्यूज

११, माघ २०७९
राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उम्मेदवारी दर्ता
images

काठमाडौं । राष्ट्रिय सभामा रिक्त एक पदका लागि उम्मेदवारी दर्ता हुँदैछ। लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको हो।

मनोनय दर्ताका लागि आज विहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ। आजै उम्मेदवारको सूची प्रकाशन गरिने छ।

नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन गर्न प्रदेश निर्वाचन कार्यालय दाङले मिति तय गरेको छ।

एक वर्ष अवधि रहेको राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेले उम्मेदवार सिफारिस गरिसकेका छन्। ​ कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश रठौरको नाम सिफारिस गरेको छ। तीमध्ये एकजनालाई उम्मेदवार बनाउन सहमति भएको छ।

एमालेले भने रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले जानकारी दिए। दशौदी एमालेका केन्द्रीय सदस्य हुन्।

आज मनोनयन दर्तापछि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै‚ माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ।

राष्ट्रिय सभा सदस्य छनोट गर्न प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्छन्। लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख, उपप्रमुख गरेर जम्मा ३०५ जना मतदाता छन्।

images
प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - ०९:३४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology