Logo

शनिवार, आश्विन २४ गते २०८३

images

साउनयता उपत्यकामा भए ६० आगलागीका घटना

साउनयता उपत्यकामा भए ६० आगलागीका घटना

दैनिकी न्यूज

११, माघ २०७९
साउनयता उपत्यकामा भए ६० आगलागीका घटना
images

काठमाडौं । काठमाडौं । साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् । फायर कमान्डर नरेशराज कुँवरका अनुसार यो महिनाको १० गतेसम्म ५ वटा आगलागीका घटना भएका छन् ।

तीमध्ये सबैभन्दा ठूलो सोमबार राती ललितपुर महानगरपालिका–३ स्थित सिहिटीमा भएको थियो । राती करिब साढे ९ बजे कृष्ण अधिकारीलगायतले सञ्चालन गरेको डाइपर गोदाममा आगलागी हुँदा करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको थियोे ।

आगलागीलगत्तै ललितपुर महानगरपालिकाको दमकल पुगेको थियो । सो दमकलले आगलागी नियन्त्रण गर्न नसकेपछि कामपाको दमकल पनि पुगेको थियो । साढे ९ बजेबाट लागेको आगो मंगलबार बिहान साढे ४ बजे नियन्त्रणमा आएको कामपा दमकल प्रमुख प्रकाश पण्डितले भने ।

उनका अनुसार शुरूमा कवाड कारखानामा आगलागी भएको थियो । त्यहाँको आगलागी नियन्त्रण भएको अनुमान गर्दागर्दै डाइपर गोदममा आगलागी भयो । सो आगलागीबाट करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको दमकल प्रमुख पण्डितको भनाइ थियो ।

त्यसअघि विद्युत् सर्ट भएर ३ र अन्य दुईवटा आगलागीका घटना भएको कुँवरको भनाइ छ । यो महिनामा मैतीदेवी, बालाजु, चावहिल र धोवीघाटमा आगलागी भएको थियो । साउनमा ३५, भदौमा र असोजमा २०–२०, कार्तिकमा २४, मंसिरमा २१ र पुसमा २३ वटा आगलागीका घटना भएका छन् ।

तीमध्ये विद्युत् सर्ट भएर ५५, ग्यास लिक भएर ८ र अन्य २६ आगलागीका घटना भएका छन् । फायर कमान्डर कुवँरले अघिल्लो वर्ष विद्युत् सर्ट भएर ३ सय ५५ र ग्यास लिक भएर १ सय ८१ र अन्य ७३ वटा घटना भएको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - ०७:१७:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology