Logo

शनिवार, आश्विन २४ गते २०८३

images

११ महिनादेखि सर्वोच्च कामु प्रधानन्यायाधीशका भरमा

११ महिनादेखि सर्वोच्च कामु प्रधानन्यायाधीशका भरमा

दैनिकी न्यूज

९, माघ २०७९
११ महिनादेखि सर्वोच्च कामु प्रधानन्यायाधीशका भरमा
images

काठमाडौं । सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा छ । अरूलाई न्याय दिने सर्वोच्च आफै अन्यायमा परेको देखिएको छ ।

४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जनादेशको आधारमा देशले नयाँ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै सरकारले समेत पूर्णता पाइसकेको छ । तर, न्यायालयमा भने झन्डै एक वर्षसम्म कामु प्रधानन्यायाधीशको भरमा सञ्चालन हुन बाध्य भइरहेको छ । संसदीय सुनुवाइ समिति तत्काल बन्ने सम्भावना नभएका कारण अझै आउँदो वैशाखसम्म सर्वोच्चले पूर्ण प्रधानन्यायाधीश नपाउने सङ्केत देखिएको छ ।तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगपछि कामु प्रधानन्यायाधीश दीपक कार्की भएका थिए । गत असोजमा कार्की अनिवार्य अवकाशमा गएपछि हाल सर्वोच्चको नेतृत्व हरिकृष्ण कार्कीले कामुका रूपमा सम्हालिरहेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - ०७:३८:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology