Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सुर्खेतमा जिप दुर्घटनाः ४ को मृत्यु

सुर्खेतमा जिप दुर्घटनाः ४ को मृत्यु

दैनिकी न्यूज

८, माघ २०७९
सुर्खेतमा जिप दुर्घटनाः ४ को मृत्यु
images

सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका वडा नंं ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका वडा नं. ३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेख भैरवी गाउँपालिका वडा नं. ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन् ।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - ०८:४४:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology