Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

५, माघ २०७९
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ५७ वर्षीय एक राज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ फागुन १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३५ दिन कैद र १ करोड ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी दिएको तीन थान चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :माघ ५, २०७९ बिहिवार - ०९:५८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology