Logo

शनिवार, आश्विन २४ गते २०८३

images

हिउँदे वर्षा घट्दा बढ्यो प्रदूषण

हिउँदे वर्षा घट्दा बढ्यो प्रदूषण

दैनिकी न्यूज

४, माघ २०७९
हिउँदे वर्षा घट्दा बढ्यो प्रदूषण
images

काठमाडौं । माघ पहिलो साता, काठमाडौंको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन। वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ।

अर्को सातादेखि भने हिउँदे झरी पर्ने प्रवल सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालमा सोमबारदेखि वर्षा सुरु हुनेछ। काठमाडौंमा मंगलबारदेखि वर्षा हुनेछ। काठमाडौंमा मंगलबारदेखि बिहीबारसम्म लगातार वर्षा हुने अनुमान गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार करिब साढे तीन महिनादेखि पानी पर्न सकेको छैन। जसका कारण उपत्यकामा प्रदूषणको मात्रा अध्यधिक बढेको छ।

तर, सोमबारबाट पश्चिम नेपालमा र मंगलबारबाट काठमाडौंमा पानी पर्ने सम्भावना एकदमै धेरै छ। पोखरेलका अनुसार दुईवटा विश्वव्यापी मौसम पूर्वानुमान मोडलले हिउँदे वर्षा हुने देखाएको हो।

‘युरोपियन मोडल (ईसीएमडब्लूएफ) र अमेरिकन मोडल ९जीएफएस० बाट हेरिएको हो। दुवै विश्वव्यापी मोडल हुन’ पोखरेलले भने ‘यी मोडलहरू मौसम पूर्वानुमानमा विश्वासनीय मानिन्छ। तीन दिन लगातार पानी पर्ने देखिन्छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

images
प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - ०७:२२:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology