Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राजेन्द्र लिङ्देनले ताके उपप्रधानमन्त्री, एमाले–माओवादीमै रडाको

राजेन्द्र लिङ्देनले ताके उपप्रधानमन्त्री, एमाले–माओवादीमै रडाको

दैनिकी न्यूज

२८, पौष २०७९
राजेन्द्र लिङ्देनले ताके उपप्रधानमन्त्री, एमाले–माओवादीमै रडाको
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य सुरु भएको छ । गत १० पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भए पनि चारजना मन्त्रीले जिम्मेवारी पाउन नसक्दा उनीहरू कामविहीन हँुदैआएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नासाथ मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति सत्तारूढ दलबीचमा भएको थियो ।

सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारका महत्वपूर्ण कामकारबाही प्रभावित हुँदैआएका छन् । सरकारको कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य सुरु गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् । सोही गृहकार्यअनुसार प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्तारूढ दलहरूबीच मन्त्रालय बाँडफाँटमा केही सकस देखिएकाले मन्त्रीहरूको टुंगो लाग्न केही समय लाग्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालकोटमा भएको छलफलमा दुवै नेता सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा एकमत देखिएका छन् । यसैबीच बिहीबार सत्ता साझेदार दलको बैठक बस्ने भएको छ ।

सो बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा थप छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनले प्रधानमन्त्री तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भन्ने पक्षमा रहेको पनि बताए । यद्यपि, दलहरूबीच कुन मन्त्रालय कसले लिने भन्नेमा केही विवाद देखिँदै आएको छ ।

मन्त्रालय भागबन्डामा बढी विवाद एमाले र माओवादीबीचमा नै रहेको स्रोतको दाबी छ । उता राष्ट्रिय स्वतन्त्र पार्टीले समेत पार्टीलाई अन्य दुईवटा शक्तिशाली र काम गरेर देखाउन सक्ने मन्त्रालय दिनुपर्ने गरी लविङ गर्दै आइरहेको छ । राप्रपासमेत सरकारमा जान सक्ने देखिएको छ । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :पौष २८, २०७९ बिहिवार - ०७:४९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology