Logo

शनिवार, आश्विन २४ गते २०८३

images

स्रोत नखुलेको नगद सहित पक्राउ

स्रोत नखुलेको नगद सहित पक्राउ

दैनिकी न्यूज

२१, पौष २०७९
स्रोत नखुलेको नगद सहित पक्राउ
images

बर्दिया । गुलरीया नगरपालिका वडा नं. ८ भादाबाट स्रोत नखुलेको ९० हजार ५ सय ९० भारतीय रूपैयाँ र २ हजार ७ सय ८० नेपाली रूपैयाँ सहित भारत नयाँ दिल्ली थाना स्मानपुर ब्रमपुरी दिल्ली बस्ने ४५ वर्षीय जाफर अलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले डिएल १० एस डब्लु ९१०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बाँकेमा बुझाइएको छ ।

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - २०:३३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology