Logo

शनिवार, आश्विन २४ गते २०८३

images

स्रोत नखुलेको भारतीय रूपैयाँ सहित पक्राउ

स्रोत नखुलेको भारतीय रूपैयाँ सहित पक्राउ

दैनिकी न्यूज

१८, पौष २०७९
स्रोत नखुलेको भारतीय रूपैयाँ सहित पक्राउ
images

रौतहट । गौर नगरपालिका वडा नं. १ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२ वर्षीय संजिव कुमार तिवारी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - १९:३७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology