Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा कब्जा

पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा कब्जा

दैनिकी न्यूज

१८, पौष २०७९
पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा कब्जा
images

काठमाडौं । पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौता विपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएको छ ।

धर्मशाला सञ्चालन गर्ने सम्झौता भए पनि सेवा समितिले काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिरको जग्गामा होटल, रेस्टुरेन्ट, लजसहितको व्यापार व्यवसाय सञ्चालन गरेको पशुपति क्षेत्र विकास कोषले आरोप लगाएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार विसं। २०६० जेठ १२ गते भएको सम्झौता विपरीत सेवा समितिले धर्मशालामा व्यवसाय सञ्चालन गरिरहेको हो । सम्झौताअनुसार सेवा समितिले वार्षिक ५१ हजार रुपियाँ कोषलाई बुझाउनुपर्छ । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो । तर समितिले पशुपतिनाथ मन्दिरको जग्गामा ‘मोहियानी हक’ भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न अस्वीकार गर्दै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - ०६:५९:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology