Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बागमती प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ आज

बागमती प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ आज

दैनिकी न्यूज

१४, पौष २०७९
बागमती प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ आज
images

काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन् । बागमती प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रावधान छ। जस अनुसार प्रदेशसभाका बाँकी १०९ सदस्यहरूको शपथको कार्यक्रम रहेको र उनीहरूलाई प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश सचिवालयका सचिव खड्काका अनुसार शपथ ग्रहणका लागि आइतबार नै सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन सूचित गरिसकेको छ ।

यस्तै बागमती प्रदेश सभाका सदस्यहरुले आफ्नो मातृभाषामा शपथ लिन सक्ने छन् ।

images
प्रकाशित मिति :पौष १४, २०७९ बिहिवार - ०९:२१:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology