Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

दैनिकी न्यूज

१३, पौष २०७९
सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
images

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. १० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका(३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत काठमाडौं नाईट्स र जनकपुर रोयल्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार/जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई ५ थान मोबाइल र नगद ३ हजार ५ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १३, २०७९ बुधवार - २०:४७:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology