Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एउटै जिल्लामा बलात्कारका २९ अभियुक्त फरार, बढ्यो यौन हिंसा

एउटै जिल्लामा बलात्कारका २९ अभियुक्त फरार, बढ्यो यौन हिंसा

दैनिकी न्यूज

१२, पौष २०७९
एउटै जिल्लामा बलात्कारका २९ अभियुक्त फरार, बढ्यो यौन हिंसा
images

धनगढी । मुलुकी अपराध संहिता ऐन–२०६४ ले जबरजस्ती करणीसम्बन्धी कसुरको व्यवस्था गरेको छ । ऐनअनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरीबिना करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई करणी गरेमा त्यस्ता महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने उल्लेख छ ।

तर, सुदूरपश्चिम प्रदेशभित्र भने यस्ता घटना भई नै रहेका छन् । यौनहिंसाको ग्राफ सुदूरपश्चिम प्रदेशभित्र बर्सेनि बढ्दै गएको प्रहरीकै अभिलेख छ । जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका सबैभन्दा बढी घटना कञ्चनपुरमा भइरहेको तथ्यांक छ । जिल्लाभित्र यस्ता घटनामा संलग्न २९ जना अझै फरार छन् ।

फरार प्रतिवादी पक्राउ गर्न नसक्नु प्रहरीकै कमजोरी भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०का सुदूपश्चिम संयोजक खडकराज जोशी बताउँछन् । ‘महिलामाथि हुने यौनहिंसा बढ्दै गएको हाम्रो अध्ययन अनुगमनले पनि देखाएको छ । प्रहरीले चाहने हो भने यस्ता घटनामा संलग्नलाई सहजै रूपमा कानुनी दायरामा ल्याउन सक्छ, तर प्रहरी सक्रियता घट्दै गएको देखिन्छ,’ उनले भने ।

वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा समेत पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैदको व्यवस्था छ । अन्यको हकमा ७ देखि १० वर्ष कैद सजाय तथा क्षतिपूर्तिको व्यवस्था समेत छ । जबरजस्ती करणी अपराधका अधिकांश घटनामा आफन्त, अभिभावक तथा नातेदारको संलग्नता बढी हुने भएकाले हाडनाता करणीसम्बन्धी सजायमा थप कडाइको व्यवस्था गरिएको छ ।

ऐनमा भएको व्यवस्थाअनुसार यौन अपराधमा संलग्नमध्ये अधिकांश अहिले पनि फरार छन् । फरार प्रतिवादीको खोजी कार्य तीव्र पारिएको कञ्चनपुर प्रहरीले जनाएको छ । ‘फरार प्रतिवादी पक्राउ गर्न सादा पोशाकका प्रहरीसमेत परिचालन हुँदैै आएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर लोकेन्द्र ठगुन्नाले भने, ‘कञ्चनपुर, डोटी र बाजुराबाट गरी जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी २९ जना फरार छन् । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :पौष १२, २०७९ मंगलवार - ०८:४८:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology