Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार ४ जना प्रतिवादीहरू पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार ४ जना प्रतिवादीहरू पक्राउ

दैनिकी न्यूज

११, पौष २०७९
बैंकिङ कसूर मुद्दाका फरार ४ जना प्रतिवादीहरू पक्राउ
images

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका(३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकाश ज्योती, भक्तपुर सूर्यबिनायक नगरपालिका–१० बस्ने ३५ वर्षीय राम सुन्दर कार्की, गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरू रहेका छन् । उनीहरुमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकाशलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।

उनीहरूमध्ये बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलालाले राजनलाई १२ दिन कैद र ३४ लाख ९० हजार रुपैयाँ जरिवाना, विकाशलाई १५ दिन कैद र ४२ लाख रूपैयाँ जरिवाना, राम सुन्दरलाई ४ दिन कैद र १५ लाख ९२ हजार ८ सय ९० रुपैयाँ जरिवाना र नवराजलाई १० दिन कैद र २९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए । उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धि जिल्ला अदालतमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०७९ सोमवार - १८:२४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology