Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

दैनिकी न्यूज

८, पौष २०७९
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई
images

काठमाडौं । 'पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदै छ ।

उच्च स्रोतका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा एउटा खाका बनेको छ ।


त्यस्तै, राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको छ ।

तर, माओवादी केन्द्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न तयार नहुने अवस्थामा तेस्रो मोडालिटीलाई कम महत्व दिइएको स्रोत बताउँछ । औपचारिकरूपमा कांग्रेसले पनि ती दुवै पदमा दाबी गर्दै आइरहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष ८, २०७९ शुक्रवार - ०७:०४:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology