Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राहदानीमा अनलाइन सुविधाले दिएको दुविधा, फारम भर्ने थोरै समय तर पाईंदैन

राहदानीमा अनलाइन सुविधाले दिएको दुविधा, फारम भर्ने थोरै समय तर पाईंदैन

दैनिकी न्यूज

६, पौष २०७९
राहदानीमा अनलाइन सुविधाले दिएको दुविधा, फारम भर्ने थोरै समय तर पाईंदैन
images

काठमाडौं । राहदानीको आवेदन फाराम अनलाइनबाटै भर्न सकिने सुविधासहित अनलाइन आवेदन सुरु भएको वर्ष नाघेको छ तर २०७८ मङ्सिर १ देखि राहदानी विभागले ल्याएको सुविधा साँच्चिकै अनलाइनका रूपमा कहिल्यै रहेन ।

अनलाइन फाराम भर्ने सुविधा भनेको इन्टरनेटको पहुँचमा रहेको जुनसुकै स्थानबाट जतिबेला पनि फाराम भर्न पाउने व्यवस्था हो तर राहदानी विभागको अनलाइन सुविधा न २४ घण्टा नै उपयोग गर्न पाइन्छ न सबै जिल्लाका लागि एकनासको नै छ । त्यसमाथि प्रतिदिन एक हजार छ सय कोटा तोकिएको छ ।


तोकेको समयमा मात्र अनलाइनको फाराम भर्न सक्ने व्यवस्थाका कारण राहदानी लिन चाहनेले निकै सास्ती भोग्नु पर्‍यो । त्यसैले जिल्लाबाटै विद्युतीय राहदानी दिने व्यवस्थालाई सहज बनाउन विभागले आफ्नो अनलाइन सुविधाको नीति परिवर्तन गरेको छ । पुस ५ गते मङ्गलबारदेखि लागू हुनेगरी अनलाइन फाराम भर्ने समय बिहान ११ बजेबाट परिवर्तन गरेर अपराह्न साढे ३ बजे बनाएको छ ।

विभागमा भीडका कारण जिल्लाको सेवासमेत प्रभावित हुन थालेकाले विभागले नयाँ नीति अपनाएको हो । जसअनुसार विभागले पहिले जिल्लाहरूले सेवा दिएपछि मात्र आफूले अनलाइन सेवा दिने भएको हो तर नवलपरासी, रुपन्देहीलगायतका केही जिल्लामा भने हप्ताको एक दिन मात्र अनलाइन फाराम खुलाइन्छ ।

एकै पटक सबैतिर अनलाइन फाराम खुल्दा सर्भर डाउन भएपछि दूरदराजका कम समय सेवा दिने जिल्लाका सेवाग्राही मर्कामा पर्ने गरेका थिए । स्रोतसाधन र दक्ष जनशक्तिको अभावमा सबै जिल्लाले सेवा प्रभावकारी बनाउन सकिरहेका छैनन् । त्यसमाथि सर्भरको समस्याले जिल्लाका सेवाग्राही काठमाडौँ आएर विभागको अनलाइन सेवाको भर पर्न बाध्य छन् । अनलाइन सुविधाको विश्वव्यापी मर्मअनुसार विभागले सबैतिर एकैपटक सेवाको समय दिए पनि विभागमै भर्नेहरूको लर्को बढी हुने गरेको छ । अब विभागले अपराह्न मात्र अनलाइन फाराम भर्ने समय दिएकाले विभागभन्दा जिल्लालाई नै प्राथमिकतामा पर्ने अपेक्षा गरिएको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताउनुभयो । एकातिर विभागमा बढ्दो भीड, अर्कोतिर जिल्लाको सेवामै प्रभाव परेपछि बाध्य भएर अनलाइन फाराम भर्ने समय नै परिवर्तन गर्नु परेको हो ।

दशैँ, तिहार, छठ, आमनिर्वाचनलगायतका विभिन्न अवसरमा भएको सार्वजनिक बिदापछि विभागमा राहदानी बनाउनेको चाप उच्च भएको हो । विभागका अनुसार उच्च चापका कारण अनलाइन फाराम भर्ने विभागको वेबसाइटमै समस्या बढ्न थालेपछि समय परिवर्तन गर्नुपरेको हो । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :पौष ६, २०७९ बुधवार - ०८:१२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology