काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ।
पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदीय दलको आज (सोमबार) बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी दिए।
रास्वपले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।