Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रदूषण फेल भएका गाडीलाई आजदेखि एक लाख जारिवाना

प्रदूषण फेल भएका गाडीलाई आजदेखि एक लाख जारिवाना

दैनिकी न्यूज

१, पौष २०७९
प्रदूषण फेल भएका गाडीलाई आजदेखि एक लाख जारिवाना
images

काठमाडौँ । वन तथा वातावरण विभागले आज ९पुस १ गते०देखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ।

विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो। पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ।

यसैगरी विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ ।

images
प्रकाशित मिति :पौष १, २०७९ शुक्रवार - ०८:४८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology