Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बदर मत २०४८ यताकै बढी

बदर मत २०४८ यताकै बढी

दैनिकी न्यूज

१, पौष २०७९
बदर मत २०४८ यताकै बढी
images

काठमाडौं । गत वै शाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढे पछि निर्वाचन आयो गले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रै को निर्वाचन चिह्न हुने गर मतपत्र तयार पारे पनि आयो गले अपेक्षा गरे अनुसार बदर मत प्रतिशत घटेन ।

२०४८ यताका निर्वाचनमा २०७९ मङ्सिर को निर्वाचनको बदर मत प्रतिशत सबै भन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबै भन्दा कम २ दशमलव ७५ प्रतिशत रहेको थियो ।

जिल्लागत आधार मा हेर्दा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बाँके जिल्लामा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ । प्रतिनिधि सभाको समानुपातिकमा ७.४७ प्रतिशत मत बदर भएको बाँके जिल्लामा प्रदेशतर्फको समानुपातिकमा ९.४५ प्रतिशत मत बदर भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिने शकुमार थपलियाले भन्नुभयो , “बदर मतको प्रतिशत सो चे भन्दा पृथक नै आयो , कारण खोतल्न सके का छै नौ ।” प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५.१९ प्रतिशत मत बदर भएका छन् ।

२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समग्रमा ५.१८ प्रतिशत मत बदर भएको थियो । प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६.५५ प्रतिशत छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष १, २०७९ शुक्रवार - ०६:५३:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology