Logo

शनिवार, आश्विन २४ गते २०८३

images

अध्यादेशविरुद्ध दायर रिट दरपिठ

अध्यादेशविरुद्ध दायर रिट दरपिठ

दैनिकी न्यूज

२९, मंसिर २०७९
अध्यादेशविरुद्ध दायर रिट दरपिठ
images

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले अध्यादेशविरुद्ध दायर भएको रिट निवेदन दरपिठ गरेको छ।

सरकारले आइतबार निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको अध्यादेश जारी नगर्न माग गर्दै अधिवक्ता कपिल ढकाल, द्वारिकानाथ ढुंगेल र अधिवक्ता राजेन्द्रप्रसाद दंगालले दायर गरेको रिट बिहीबार दरपिठ गरेको हो।

सर्वोच्च प्रशासनले अध्यादेश जारी नै नभइसकेको अवस्थामा त्यसविरुद्ध आएका रिट दर्ता गरेर सुनुवाइ गर्नु अपरिपक्क हुने ठहर गर्दै दरपिठ गरेको जनाएको छ।

images
प्रकाशित मिति :मंसिर २९, २०७९ बिहिवार - १८:५१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology