Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मतपरिणाम बदर गर्न माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट

मतपरिणाम बदर गर्न माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट

दैनिकी न्यूज

२८, मंसिर २०७९
मतपरिणाम बदर गर्न माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट
images

काठमाडौं । सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम निर्वाचन १ को निर्वाचन बदर गर्न माग गर्दै मंगलबार रिट निवेदन दायर गरेका छन् ।

रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद् सचिवालय विपक्षी बनाइएको छ ।

यो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का महेश बस्नेतले २५ हजार सात सय ५३ मत प्राप्त गरी निर्वाचित भएका थिए भने नेता खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - ०८:२३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology