Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

दैनिकी न्यूज

२६, मंसिर २०७९
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ
images

काठमाडौं । काठमाडौं पेप्सीकोलाबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला मन्थली नगरपालिका(६ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ बस्ने ३४ वर्षीय किशन कार्की र काभ्रेपलाञ्वोक रोशी गाउँपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-७ बस्ने ४८ वर्षीय दिपक कुमार काफ्ले रहेका छन् ।

उच्च अदालत पाटनको २०७९ मंसिर ६ गतेको फैसलाले किसन कार्कीलाई ५ दिन कैद एवं १५ लाख रूपैयाँ जरिवाना सजाय र २०७८ जेठ ३१ गतेको फैसलाले दिपक कुमार काफ्लेलाई सात दिन कैद एवं ८ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । 

उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - १९:३७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology