काठमाडौं । आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउन बैठक बस्न लागेको हो । एमालेले प्रतिनिधिसभातर्फ ३४ सिट पाएको छ ।
यसअघि हिजो (शुक्रबारं) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
निर्वाचन आयोगले दलहरूलाई शनिबारसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।