Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आजदेखि मेलम्चीको पानी वितरण

आजदेखि मेलम्चीको पानी वितरण

दैनिकी न्यूज

२३, मंसिर २०७९
आजदेखि मेलम्चीको पानी वितरण
images

काठमाडौं । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उनले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - ०६:४९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology