काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि पहिलो पटक कार्यसम्पादन समिति बैठक बोलाएको छ।
मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ मतपरिणाम आइसकेको छ।
कांग्रेसले मंसिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उक्त बैठकमा चुनावी समीक्षालगायत विषयमा छलफल हुनेछ।