Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार कार्की पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार कार्की पक्राउ

दैनिकी न्यूज

२२, मंसिर २०७९
बैंकिङ कसूर मुद्दाका फरार कार्की पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका वडा नं. ३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनक बहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४१ लाख रूपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले दोलखा चरिकोटबाट पक्राउ गरेको हो ।

कार्कीले २०७५ चैत १९ गते प्रभु बैंक लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दोलखामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय दोलखामा पठाइएको छ ।

images
प्रकाशित मिति :मंसिर २२, २०७९ बिहिवार - ०५:५१:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology