Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले

सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले

दैनिकी न्यूज

२१, मंसिर २०७९
सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले
images

काठमाडौं । कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने ‘पर्ख र हेर' को नीति अख्तियार गरिरहेको छ ।

त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले अहिलेको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। पनि एमालेले सरकार गठनका लागि कुनै पहल थालेको देखिन्न ।

प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने पक्का छ । यस हिसाबले एमाले ७८ सिटसहित दोस्रो दल बनेको छ । कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटसहित पहिलो दल बनेको छ ।

यी दुई दलले सरकार गठनको पहल लिनुपर्नेमा कांग्रेसले आफू नेतृत्वको सत्ता गठबन्धन र एमालेबाहेकका दलहरूलाई मिलाएर सरकार गठनको पहल गरिरहेको छ । एमालेले भने देखिनेगरी कतै कुनै पहल गरेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ।

images
प्रकाशित मिति :मंसिर २१, २०७९ बुधवार - ०८:२१:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology