Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सर्लाहीबाट गाँजासहित २ जना पक्राउ

सर्लाहीबाट गाँजासहित २ जना पक्राउ

दैनिकी न्यूज

१९, मंसिर २०७९
सर्लाहीबाट गाँजासहित २ जना पक्राउ
images

सर्लाही । सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका वडा नं. ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध गाँजासहित लालबन्दी नगरपालिका वडा नं. ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २–०२–००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - १४:०६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology