Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार सिन्धुलीका बराल पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार सिन्धुलीका बराल पक्राउ

दैनिकी न्यूज

१६, मंसिर २०७९
बैंकिङ कसूर मुद्दाका फरार सिन्धुलीका बराल पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(३० डिल्लीबजार बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका ५३ वर्षीय नारायण सिंह बराललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ भदौ ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० लाख रूपैयाँ जरिवाना र १० दिन कैद सजाय ठहर भई फरार रहेका बराललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३० डिल्लीबजारबाट पक्राउ गरेको हो ।

बरालले २०७७ चैत ५ गते हिमालयन बैंक लिमिटेड डिल्लीबजार शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।   

उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

images
प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - २०:५५:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology