Logo

शनिवार, आश्विन २४ गते २०८३

images

स्याङ्जा–२ मा एमालेकी पद्मा अर्यालको अग्रता

स्याङ्जा–२ मा एमालेकी पद्मा अर्यालको अग्रता

दैनिकी न्यूज

१५, मंसिर २०७९
स्याङ्जा–२ मा एमालेकी पद्मा अर्यालको अग्रता
images

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर–२ मा नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङलाई पछि पारेकी हुन् ।

अर्यालले २ हजार ३०४ मत ल्याउँदा गुरूङले १ हजार ७०३ मत ल्याएर पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ३९९ मत ल्याएका छन् ।

चापाकोटका ४ वटा बुथमा कांग्रेसले एकलौटी बुथ कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।

त्यहाँ मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो। स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो।

images
प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - ०७:२८:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology