Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सुनुवाइ पूरा नहुँदा नियुक्ति अलपत्र

सुनुवाइ पूरा नहुँदा नियुक्ति अलपत्र

दैनिकी न्यूज

१५, मंसिर २०७९
सुनुवाइ पूरा नहुँदा नियुक्ति अलपत्र
images

काठमाडौं । संसदीय सुनुवाइ प्रक्रिया पूरा नगरी नियुक्तिको प्रक्रिया अघि बढाउन मिल्ने वा नमिल्ने विवादले सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशको नियुक्ति अलपत्र परेको छ ।

करिब तीन महिनाअघि नै सिफारिस भए पनि सुनुवाइ प्रक्रिया पूरा नभएकाले नियुक्ति गर्ने वा नगर्ने विवाद छ । संसदीय सुनुवाइको प्रक्रिया सुरु भएपछि प्रतिनिधि सभाको कार्यकाल सकिएकाले प्रक्रियाले पूर्णता पाएको थिएन ।

न्यायपरिषद्ले गत भदौ २२ गते नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । सिफारिसकै अवस्थामा उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित भने अवकाशको मुखमा पुगेका छन् ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा नहुँदा हालको पदबाट उनले अवकाश पाउन लागेका हुन् । दीक्षित मङ्सिर १८ गते उच्च अदालतबाट उमेर हदका कारण अवकाश पाउँदै छन् । अहिलेकै अवस्थामा सुनुवाइको प्रक्रिया पूरा हुने अवस्था छैन ।

न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले परिषद्ले संसदीय सुनुवाइका लागि पत्राचार गरे पनि त्यसपछिका कुनै प्रक्रिया अघि नबढाएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - ०७:२०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology