काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा–२ मा मतगणना सुरु गर्न निर्देशन दिएको छ ।
आयोगको बुधबार बसेको बैठकले स्याङ्जा–२ र बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो ।
आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न भनेको हो । नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि यी २ स्थानमा मतगणना हुन सकेको छैन ।