Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कोरियान भाषा परीक्षाको आवेदन मिति तोकियो

कोरियान भाषा परीक्षाको आवेदन मिति तोकियो

दैनिकी न्यूज

१३, मंसिर २०७९
कोरियान भाषा परीक्षाको आवेदन मिति तोकियो
images

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।

ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षा काठमाडौँमा नै सञ्चालन हुनेछ ।


एक दिनमा चार सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । यस्तै भाषा परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको पहिलो चरणको सीप परीक्षण फागुन ३ देखि ५ गतेसम्म हुनेछ भने दोस्रो चरणको सीप परीक्षण चैत १ देखि ३ गतेसम्म हुने ईपीएस शाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १३, २०७९ मंगलवार - ०७:५२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology