काठमाडौं । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट नेपाली काग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन्। उनले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८५ मतान्तरले पराजित गरेका हुन।
चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी तेस्रो स्थानमा रहेका छन् । यो क्षेत्रमा ८४ हजार ३ सय ३ मत खसेको थियो।