Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

दैनिकी न्यूज

८, मंसिर २०७९
कटुवा पेस्तोल सहित दुई जना पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २५ डिसहोम सोह्रखुट्टेबाट कटुवा पेस्तोल सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे बेथानचोक गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका(४ जवालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन् ।

प्रहरी प्रभाग बुङमतीबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजे पश्चात उनीहरूलाई बा।७८ प १२९० नम्बरको स्कुटर सहित पक्राउ गरी जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान फेला परेको हो ।

प्रहरीले उनीहरूको साथबाट तार १३ बण्डल, पानी तान्ने मेसिन १० थान, ढलान फुटाउने मेसिन १ थान, फलाम काट्ने मेसिन ३ थान, मार्बल काट्ने मेसिन १ थान, पुटिन घोट्ने मेसिन १ थान, ह्यामर, पिलास, फलामको छिना लगायतका सामान समेत फेला पारेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - १९:५४:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology